skip to main | skip to sidebar

Friday, December 24, 2010

माइक्रोसफ्टले नेपालमै खोल्यो इनोभेसन सेन्टर

नेपालमै कम्प्युटर सफ्टवयर उत्पादन गर्नेगरि माइक्रोसफ्टले 'इनोभेसन सेन्टर' सुरु गरेको छ। माइक्रोसफ्टका वरिष्ठ अधिकारीहरुको उपस्थितीमा काठमाडौंमा यो केन्द्र उद्घाटन गरिएको छ।माइक्रोसफ्टका नेपाली साझेदार अनलिमिटेडका प्रमुख कार्यकारी अधिकृत एलेनबैलोचन तुलाधरले इनोभेसन सेन्टरबाट विद्यार्थी, व्यबसायीक सफ्टवयर निर्माता, भरखरै काम सुरु गरेका उद्यमी, औद्योगिक संघसंस्थाले सेवा लिन सक्नेछन्। माइक्रोसफ्टले नेपालमा कम्प्युटरको प्रयोग बढ्दै गएको र स्थानीय भाषामा प्रोग्रामहरु उत्पादन गर्ने नीति अनुसार यो केन्द्र स्थापना गरेको हो। 
'यो केन्द्रको स्थापनाले दक्ष कम्प्युटर प्रोग्रामरहरुले अवसर नपाएर बिदेश पलायन हुने क्रम केही रोकिने हाम्रो अपेक्षा हो,' तुलाधरले भने। इनोभेसन केन्द्र स्थापनाको लागि माइक्रोसफ्ट सिंगापुर र रेडवर्नले सहयोग गरेका छन्। 'नेपालजस्तो उदीयमान देशहरुमा सफ्टवयर क्षेत्रमा थुप्रै चुनौतिहरु छन्, त्यसलाई माइक्रोसफ्टले अवसरको रुपमा लिएर काम गर्दैछ,' माइक्रोसफ्ट सिंगापुरका ड्यानियल बुलम्यानले भने। माइक्रोसफ्टले दक्षिण एसियाली देशमध्य सबैभन्दा पहिले पाकिस्तानको कराचीमा यस्तो इनोभेसन सेन्टर स्थापना गरेको थियो। अहिले पाकिस्तानको कराची र लाहौरमा माइक्रोसफ्टका इनोभेसन सेन्टरहरु खुलिसकेका छन्।नेपालमा खुलेको इनोभेसन सेन्टरबाट सूचना प्रविधिको क्षेत्रमा अध्ययन, अनुसन्धान अघि बढाउन सजिलो हुने माइक्रोसफ्टका अधिकारीहरुले बताएका छन्। 
नेपालमा माइक्रोसफ्टले केही वर्षदेखि सहयोग गर्दै आएको छ। गत वर्ष १५ हजार विद्यार्थीलाई विन्डोज सफ्टवयर निशुल्क वितरण गरेकोमा यस वर्ष ३० हजारलाई बाँड्ने कार्यक्रम रहेको तुलाधरले बताए। 

0 comments:

Post a Comment

Thank's for your valuable comment