skip to main | skip to sidebar

Wednesday, December 22, 2010

कम्प्युटरलाई भाइरसबाट कसरी बचाउने ?

राम्रोसँग चलिरहेको कम्प्युटर अचानक ढिलो हुनसक्छ, Task म्यानेजरले काम गर्न छोड्नसक्छ, Registry सम्पादन गर्न नमिल्नसक्छ, Tool Menu बाट Folder Option हराउनसक्छ, Command Prompt नखुल्नसक्छ - यतो भएमा भाइरसले तपाइँको कम्प्युटरलाई आफ्नो चपेटामा लिइसकेको बुझ्नुहोस्। कम्प्युटरमा निर्भर हुँदै गइरहेको विश्वलाई हिजोआज भाइरसले साह्रै दुःख दिन थालेको छ । सुरुका दिनमा भाइरस बनाउनेहरूको मुख्य उद्देश्य कम्प्युटर प्रयोगकर्तालाई दुःख दिनु रहेको थियो । समयक्रमसँगै Important फाइलहरू दराजबाट कम्प्युटरभित्र छिर्न थालेपछि केही भाइरसका प्रोग्रामरहरूको ध्यान ती फाइलको चोरीबाट आर्थिक फाइदा लिनेतर्फ जान थाल्यो । भाइरसका प्रकार र भाइरस बनाउनेको ध्येय अनुसार भाइरसले पुर्‍याउने असर पनि फरक फरक हुन्छ ।
नेपालमा प्रयोग भएका कम्प्युटर पनि भाइरसको असरबाट अछुतो छैन । कम्प्युटर भाइरसको विकाससँगसँगै यसबाट बच्ने उपायहरू पनि पत्ता नलागेका भने होइनन् । हामीमध्ये धेरैजसो 'Windows XP - Operating System' चलाउँछौँ । Windows 98 भाइरसबाट सुरक्षाको दृष्टिकोणले अत्यन्त कमजोर मानिएको छ । त्यसकारण तपाईं विन्डोज ९८ चलाउँदै हुनुहुन्छ भने Windows XP बाट काम लिन थाल्नु तपाईँका लागि उचित सल्लाह हुनसक्छ । हुन त हालै Mictosoft ले 'Windows Vista' नामक नयाँ Operating System निकालेको छ । यसलाई माइक्रोसफ्टले सबैभन्दा सुरक्षित Operating System मानेको छ तर नेपालमा प्रयोग गरिने कम्प्युटरहरूको RAM र Graphics Processor लाई विचार गर्दा धेरैजसो कम्प्युटर Windows Vista हाल्न मिल्ने न्यूनतम मापदन्ड भित्र पर्दैनन् । 512 MB को RAM र 128 MB को Graphics Card Windows Vista को न्यूनतम मापदन्ड हो । हालसम्म 99 प्रतिशतभन्दा बढी भाइरस Microsoft का Operating System लाई लक्षित गरी बनाइएका छन् । त्यसकारण चलाउन जाने Linux Operating System सबैभन्दा सुरक्षित विकल्प हो ।
Microsoft को Windows XP लाई Administrative Privilege को एकाउन्टबाट चलाउँदा अथवा Administrator बाट चलाउँदा भाइरस छिर्नसक्ने सम्भावना धेरै बढ्छ । त्यसकारण कम्प्युटरको प्रयोग सकेसम्म Administrator Account बाट गर्नु हुँदैन । Limited Account बाट चलाउँदा Virus प्रवेश गर्ने सम्भावना कम हुन्छ । Limited Account बनाउन start->run df nusrmgr.cpl Type गरी OK थिच्नुपर्छ, त्यसपछि Create a New Account थिच्नुपर्छ, नयाँ एकाउन्टलाई एउटा नाम दिनुपर्छ र Next थिच्नुपर्छ, pick an account type Ma Limited छान्नुपर्छ र Create Account थिच्नुपर्छ ।
यसैगरी लग अन गर्दा पहिला दिएको नामबाट गर्नुपर्छ । Limited Account बाट कम्प्युटर चलाउँदा नयाँ प्रोग्राम हाल्न सकिँदैन र भाइरस छिर्न पनि सक्दैन । नयाँ Software Program हालिरहन पर्नेहरूका लागि भने फेरि फेरि लग अन र लग अफ गरिरहनुपर्ने विकल्प उपयुक्त नहुन सक्छ । यस Problem बाट पार पाउनका लागि हाल्नुपर्ने नयाँ Software Program लाई राइट क्लिक गरी Run as... मा थिच्नुपर्छ र प्रयोगकर्ता परिवर्तन गरेर पनि चलाउने गर्न सकिन्छ । Script मा आधारित भाइरसहरू बाहेक अन्य सबैजसो । .exe भाइरसहरू लिमिटेड एकाउन्टबाट कम्प्युटर चलाउने गर्दा रोकिन्छन् । कम्प्युटर भाइरससम्बन्धी Problem बाट बच्न अर्को अति आवश्यक सफ्टवेयर Antivirus हो । राम्रो Antivirus ले इमानदार प्रहरीले जसतै हाम्रो कम्प्युटरको सुरक्षा गर्छ । Antivirus हाल्दा कम्प्युटर ढिलो हुन्छ भनी हाल्दै नहाल्ने गर्दा भाइरस छिरी Important Data हराएका उदाहरण पनि छन् । त्यसैले सधैँ नचलाए पनि कम्प्युटरमा Antivirus हाल्नु भने पर्छ ।
इन्टरनेट जोड्दा र सिडी, फ्लपी र पेन ड्राइभ जसता झिक्न सकिने साधन हाल्दामात्र एन्टिभाइरस चलाउने, अरु बेला निष्त्रिकmय राख्न पनि सकिन्छ । एन्टिभाइरस हालेर मात्र पुग्दैन, त्यसलाई Update पनि गरिरहनुपर्दछ । दिनदिनै नयाँ नयाँ भाइरसहरू निसने गर्दछन्, नयाँ भाइरसहरूका लागि त्यही अनुसारका नयाँ औषधि चाहिन्छ । Update गरिएन भने Antivirus राख्नुको कुनै अर्थ हुँदैन । Avast र AVG जसता Free Antivirus हरू पैसा तिरी किनिएका Antivirus हरू जत्तिकै राम्रा छन् । Internet लाई पनि कम्प्युटरमा भाइरस छिर्ने एक माध्यम हो । Firewall बिना इन्टरनेट चलाउँदा Hacker हरू कम्प्युटरमा छिर्नसक्छन् । त्यसकारण इन्टरनेटमा धेरै काम गर्नुपर्ने भए Firewall पनि राख्नुपर्छ ।

0 comments:

Post a Comment

Thank's for your valuable comment