skip to main | skip to sidebar

Sunday, December 26, 2010

आइसिटी इन्फोट्रेड' पुस २१ देखि

पुस २१ देखि हुने 'आइसिटी इन्फोट्रेड' आइसिटी एसोसिएसनको आयोजनामा पुराना कम्प्युटर र ल्यापटप साटफेरको सुविधा दिइने भएको छ मेलाको तयारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा एसोसिएसनका अध्यक्ष सागरदेव लाखेले मेलामा डेक्सटप किन्नेलाई माइक्रो ल्यापटप दिने योजना रहेको बताए। त्यस्तै कम्प्युटरको डिभिडी/सिडी रोम बिग्रेको भए त्यसलाई पाँचसय रुपैयाँ मूल्यांकन गरेर नयाँ दिने योजना समेत राखिएको उनले बताए। मेलामा २२ हजार पाँचसय रुपैयाँमा डिजिटल प्रोजेक्टर आकर्षक रुपमा रहने आयोजकहरुले बताएका छन्। पाँचदिनसम्म हुने यो मेलामा कम्पनीहरुले ५ देखि ५० प्रतिशतसम्म छुटमा आफ्ना सामानहरु बेच्ने भएका छन्।

इन्फोट्रेडमा सूचना सञ्चार सम्बन्धी डेक्सटप, ल्यापटप, शैक्षिक माइक्रो ल्यापटप, मोबाइल फोन, एन्टिभाइरस, प्रिन्टर, फोटोकपी, एलसिडी, एलइडी मनिटर, आइपड, डिभिडी, उफर, पेन ड्राइभ राखिने एसोसिएसनका महासचिव रोशन भण्डारीले बताए।

0 comments:

Post a Comment

Thank's for your valuable comment