skip to main | skip to sidebar

Monday, December 27, 2010

अपराधीको आकाश्रण साइबर क्याफे!!!!!!!!

प्रहरीको एक प्रतिबेदन आनुसार साइबर क्याफेमार्फत् अपराध बढेको  निष्कर्ष निकालेको छ। हाल नेपालमा प्रयोगकर्ताको रेकर्ड नै राख्नु नपर्ने खुकुलो पद्धतिका कारण अपराधी साइबर क्याफेतिर आकर्षित भएको महानगरीय प्रहरी अपराध महाशाखाको निष्कर्ष छ। महाशाखाका प्रमुख रणबहादुर चन्दले पछिल्लो समय महाशाखामा परेका साइबर अपराधसम्बन्धी उजुरीको अनुसन्धानवाट साइबर अपराधीहरुको केन्द्र बन्दै गएको दावी गरे। अनुसन्धानबाट क्याफेको पहिचान खुले पनि प्रयोगकर्ताको तथ्यांक राख्ने पद्धति नहुँदा अभियुक्तको पहिचान गर्न असहज भएको चन्दले बताए। महाशाखामा आइतबार आयोजित कार्यक्रममा उनले भने 'साइबर क्याफेमा आएका ग्राहकको तथ्यांक राख्ने पद्धति नहुँदा अपराध गर्नेलाई सहज छ।''साइबरमार्फत् गम्भीर प्रकृतिका अपराधिक गतिविधि भए पनि प्रयोगकर्ताको पहिचान खुल्ने परिचय पत्र र उसले प्रयोग गरेको समयको लगत नहुँदा अपराधमा संलग्नको पहिचान नै गर्न नसकिने अवस्था छ,' एसएसपी चन्दले भने 'क्याफे अनुगमनका लागि प्रयोगकर्ताको पूर्ण विवरण राख्न र इन्टरनेट प्रयोगकर्ताहरुको विवरण संकलन गर्ने प्रयास गरेपनि इन्टरनेट सेवा प्रदायक कम्पनीको असहयोगका कारण प्रभावकारी हुन सकेको छैन।'
प्रहरीका अनुसार पछिल्लो समय इमेलमार्फत् धम्की दिने, आपराधिक गतिविधिका लागि इन्टरनेट फोन प्रयोग गर्ने, इमेल फिसिङ (वास्तविक झैँ देखिने तर झुक्याएर अरुको गोप्य विवरण लिने) लगायतका अपराधमा वृद्धि भएको महाशाखा अधिकारीले बताए। साइबर क्याफेमार्फत् अपराध वृद्धी भएपछि प्रहरीले साइबरको तथ्यांक संकलन र अनुगमन शुरु गरेको थियो। तर, सरोकारवालाहरुको असहयोगका कारण अनुगमन र विवरण संकलन प्रभावकारी हुन नसकेको प्रहरी अधिकारी बताउँछन्। नैतिकता, ब्यक्तिगत शिष्टाचार र अश्लील सामाग्री नियन्त्रणका लागि गृह मन्त्रालयले मंसिर दोस्रो साता परिपत्र जारी गरेको थियो। त्यसै अनुसार महाशाखालाई अनुसन्धानको जिम्मेवारी दिइयो। महाशाखाले साइबर अनुगमनको कार्ययोजना निर्माण गरी तथ्यांक संकलन र प्रयोगकर्ताको विवरण राख्न स्थलगत अनुगमनका लागि टोली परिचालन गरेको थियो।

महाशाखाका अनुसार उपत्यकामा करिब एक हजार पाँच सय साइबर क्याफे छन्। दुई साताको अवधिमा काठमाडौं उपत्यकाका तीन सय स्थानमा टोली पुगे पनि केवल एक सय ७० वटा क्याफेको मात्र विवरण संकलन गर्न उनीहरु सफल भएका थिए। कुनै क्याफेमार्फत् अपराध भएमा सो समय कम्प्युटर प्रयोगकर्ताको पहिचान गर्न सहज बनाउन प्रहरीले विशष प्रकृतिको तथ्यांक फारमको निर्माण गरी क्याफे सञ्चालकहरुलाई उपलब्ध गराएको छ। प्रहरी निर्माण गरको तथ्याक फारम अनुसार आफ्नो पूर्ण परिचय खुल्ने परिचय पत्र बिना ग्राहकले इन्टरने प्रयोग गर्न पाउने छैनन। विदेशीको हकमा पासपोर्टको नक्कल राखेर मात्र इन्टरनेट प्रयोग गर्न पाउने छन्।


प्रहरीले क्याफेहरुमा पुगेरै ग्राहकको विवरण राख्ने फारमको नमूना नै वितरण गरेको छ। वितरण गरिएको फारममा प्रयोगकर्ताको नाम, थर, उमेर, ठेगाना, सम्पर्क नम्बर, प्रयोग गरेको समय र पूर्ण परिचय खुल्ने परिचय पत्रको नम्बर उल्लेख छ। प्रयोगकर्तासँगै साइबर क्याफेको समेत विवरण संकलन गरिएको छ जसमा, क्याफेको नाम, स्थान, सम्पर्क नम्बर, इन्टरनेट सेवा प्रदायकको नाम, प्रयोग गरिएको ब्यान्डविथ र आईपी ठेगाना समेत उल्लेख गर्नुपर्ने छ।अधिकांश क्याफेमा सञ्चालक नभेटिने, भेटिएपनि विवरण दिन अनिच्छुक हुने गरेको विवरण संकलनमा संलग्न एक प्रहरी अधिकारीले बताए। प्रयोगकर्ताको परिचय पत्र खोज्दा प्रयोगकर्ता आफूहरुकोमा नआउने आशंका गर्दै कार्यान्वयन गर्न नसक्ने बताउने गरेको विवरण संकलनमा संलग्न ती अधिकारीले बताए।


एसएसपी चन्दले इन्टरनेट सेवा प्रदायकहरुले आफ्ना ग्राहकको विवरण दिएमा सहज रुपमा तथ्यांक संकलनमा सहज हुने र अनुसन्धान प्रभावकारी हुने भएपनि ग्राहकको जानकारी दिन उनीहरुले अस्वीकार गरेकाले स्थलगत रुपमै विवरण संकलन गर्नुपरेको बताए। सरोकारवाला निकायको असहयोगपछि पनि महाशाखाले भने जसरी पनि कार्यान्वयन गर्ने तयारी गरेको छ। चन्दले अपराधीक गतिविधीको अनुसन्धानकाक्रममा महाशाखाले मागेको ग्राहकको पूर्ण विवरण खुल्ने परिचय दिन नसके त्यस्ता साइबर सञ्चालकलाइ अपराधको मतियारको रुपमा अनुसन्धानको दायरामा ल्याउने चेतावनी दिए। उनले भने 'कि प्रहरीले खोजेको विवरण दिनसक्नुपर्छ, सम्झाउँदा सम्झाउँदै नमाने अपराधको भागिदार बन्नुपर्छ।'

0 comments:

Post a Comment

Thank's for your valuable comment