skip to main | skip to sidebar

Saturday, January 1, 2011

एआइजी कै नाममा नक्कली फेसबुक खाता

एआइजी अर्जुनजंग शाहीको तस्बिर खोज्दा उनको नाममा फेसबुक एकाउन्ट फेला पर्‍यो। मनकामना मन्दिर पृष्ठभूमिमा शाहीको तस्बिर राखेर खोलिएको फेसबुक एकाउन्ट अहिले पनि सक्रिय छ। तर, शाही सो एकाउन्ट आफ्नो नभएको बताउँछन्। उनको एकाउन्टमा तीनजना मात्र साथी छन्, स्टाटस पनि अपडेट छैन।
काठमाडौं प्रहरी प्रमुख एसपी रमेश खरेलको नाममा पनि फेसबुक एकाउन्ट छ, तर उनी फेसबुक प्रयोगकर्ता भने होइनन्। 'मेरो तस्बिर र नाम भएको फेसबुकमा एकाउन्ट छ भन्ने सुनेको छु,' एसपी खरेलले भने, 'मैले अहिलेसम्म फेसबुक चलाएकै छैन।'
एसपी रमेश खरेलको नाममा फेसबुकमा खोलिएको पेज जसमा खरेलको नाममा स्टायटस अपडेट गरिएको छ
खरेलको नक्कली एकाउन्टमा १९ सक्कली साथी छन्। प्रहरी निरीक्षक सन्तोषसिंह राठौर, सई दीपेन्द्र चन्द र गणेशराज उप्रेतीसहित १९ जनाले उनलाई साथी बनाएका छन्। १२ सय ६१ जनाले उनको एकाउन्ट मन पराएका छन्।
छवटा तस्बिर र उनको व्यक्तिगत विवरणसमेत राखिएको खरेलको एकाउन्टको स्टाटस बेलाबेला अपडेट हुन्छ। उनको स्टाटसमा लेखिएको छ- 'राजनीतिज्ञले प्रहरीको कामकारबाहीमा हस्तक्षेप नगर्ने हुँदो हो त ५० प्रतिशत अपराध स्वतः घट्ने थियो।' खरेलले भने, 'मनलागी स्टाटसले समस्या निम्तने गरेको छ, तुरुन्तै त्यो बन्द गर्न लगाउँछु।'

0 comments:

Post a Comment

Thank's for your valuable comment