skip to main | skip to sidebar

Wednesday, December 22, 2010

Tips For PC

1.                               Scroll Bar को साइज(Width)बढाउने वा घटाऊनलाई
Desktop मा Right क्लिक गर्नुस् Properties मा क्लिक गर्नुस्
Appearance Tab मा क्लिक गर्नुस्
Advanced Tab मा क्लिक गर्नुस्
Item मा Scrollbar चुज गर्नुस्
अब Size बढाउने हो या घटाऊने हो Amount राख्नुस्
ok , ok
Desktop बाट Recycle Bin लाई हटाउन चाहनु हुन्छ भने
Start मा क्लिक गर्नुस् अनी Run मा क्लिक गरेर Regedit टाइप गर्नुस् Enter थिच्नुस्
त्यसपछि HKEY_Local_Macine \ Software \ Microsoft \ Windows \ Current Version \ Explorer \ Desktop \ Namespace
Namespace को "+" मा क्लिक गर्नुस्
645FF040-5081-101B-9F08-00AA002F954E मा क्लिक गर्नुस्
दाँया पट्टीको Default लाई डबल क्लिक गर्नुस् Value Data को Recycle Bin लाई हटाइदिनुस्
आफ्नो कम्प्युटरलाई Re Boot गर्नुस्
तपाईं आफ्नो Folder लाई Invisible बनाउन चाहनु हुन्छ भने
कुन Folder लाई Invisible बनाउन चाहनु भएको हो त्यो Folder लाई Highlight गर्नुस्
Right माउस क्लिक गर्नुस् Rename मा क्लिक गर्नुस्
Alt कि लाई थिची 0160 टाईप गर्नुस्
तपाईंको Folder को नाम हराइसकेको हुनेछ
अब उक्त Folder लाई Right क्लिक गर्नुस् , Prperties \ Customize \ Change Icon मा क्लिक गर्नुस् त्यहा थुप्रै Icon हरुको लिस्ट , Scroll Bar लाई अली अली गरेर सार्दै जानुस् , त्यहा केही खाली ठाउँ देख्ननु हुन्छ त्यो खाली ठाउलाई क्लिक गर्नुस् ok,ok गर्नुस्
तपाईंको Folder अब गाएब भयो अब त्यो Folder लाई तपाईंले मात्र थाहा पाउने ठाउमा लगेर राख्न सक्नु हुन्छ
तपाईंले फेरी अर्को Folder लाई पनि यस्तै गर्न चाहनु भयो भने errorrenaming file or folder भन्ने मेसेज आउछ त्यसको लागि अर्को Folder लाई Rename गर्दा एक चोटि Space बार थिचेर अनी Alt कि थिचेर 0160 राख्दा हुन्छ यसै गरी अरु Folder हरु पनि यस्तै गरी बनाउन सक्नु हुन्छ
Task bar लाई Auto Hide कसरी गराउने
Task bar को खाली ठाउमा Right क्लिक गर्नुस्
Properties मा क्लिक गर्नुस्
AutoHide मा टिक मार्क लगाइदिनुस्
ok गर्नुस्
My Computer बाट Manage लाई Hide गर्न चाहनु हुन्छ भने
Start \ Run \ Regedit खोल्नुस्
अब HKEY_CURRENT_USER / Software / Microsoft / Windows / CurrentVersion / Policies / Explorer
अब दाँया पट्टी खाली ठाउमा Right क्लिक गर्नुस् New Dword Value मा क्लिक गर्नुस् नाम राख्नुस् NoManageMyComputerVerb
Value Data लाई 1 राखी दिनुस्
computer लाई Reboot गर्नुस्
कम्प्युटरलाई Shutdown गर्ने Shortcut बनाउन चाहनु हुन्छ भने
Desktop मा Right माउस क्लिक गर्नुस्
New \ Shortcut
नाम राख्नुस् rundll32.exe वा PowrProf.dll वा SetSuspendState यि तीन मध्य कुनै पनि एक नाम राख्नुस्
अब तपाईंले बनाउनु भएको यो Shortcut लाई तपाईंले क्लिक गर्नु भयो भने तपाईंको कम्प्युटर आँफै Shutdown हुनेछ
Task Manager लाई Enable या Disable गर्ने
Start \ Run \ Regedit
Regedit भित्र HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\System
दाँया भागमा Right क्लिक गरेर New DwordValue बनाउनुस् नाम राख्नुस् DisableTaskMgr
Task Manager Enable गर्नको लागि Value लाई 0 राखी दिनुस्
Disable गर्न को लागि Value 1 राख्नुस्
Desktop Cleanup Wizard लाई कन्ट्रोल गर्ने
Default
मा Desktop Cleanup Wizard को पप अप हरेक ६० दिन पछि तपाईंको Desktop मा आउने गर्छ , यसलाई हटाउन चाहनु हुन्छ भने
Desktop मा Right क्लिक गर्नुस्
Properites मा जानुस्
Desktop Tab मा क्लिक गर्नुस्
Customize Desktop Button मा क्लिक गर्नुस्
Desktop Cleanup Wizard मा भएको टिक मार्कलाई हटाइदिनुस्
Internet Explorer बाट File Menu लाई लुकाउन चाहनु हुन्छ भने
Start \ Run \ Regedit
HKEY_CURRENT_USER\Software\Microsoft\Windows\CurrentVersion\Policies\Explorer
दाँया भागको खाली ठाउमा Right क्लिक गरी New Binary Value मा क्लिक गर्नुस् नाम राखी दिनुस् NoFileMenu
Value लाई 01 00 00 00 राखी दिनुस्
कम्प्युटरलाई Reboot गर्नुस्
1.                               हाम्रो कम्प्युटरमा प्राय जसो आई पर्ने समस्याहरु बारे केही चर्चा त्यो समस्याहरु समाधान गर्ने उपाय
. Hidden फाइल नदेखिनु
कहिले काँही कुनै Virus वा द्वेषपूर्ण Script हरुको कारण तपाईंले Hidden Mode मा राख्नु भएको फाइल वा फोल्डर तपाईंले पछि " Show Hidden file and folder " ( Tools > Folder Options > View Menu > Hidden files and folders ) गर्दा पनि नदेखिन सक्छ शायद तपाईंहरुले पनि यो समस्या भोग्नु भएको नै होला
यो समस्या समाधान गर्न
Start > Run Regedit टाईप गरेर Enter गर्नुस्
त्यसपछि यो location सम्म जानुस् HKEY_LOCAL_MACHINE\SOFTWARE\Microsoft\Windows\CurrentVersion\Explorer\Advanced\Folder\Hidden\SHOWALL
CheckedValue कि मा Double क्लिक गर्नुस्
त्यहाँ Value Data लाई 1 राखिदिनुस्
बस तपाईंको काम सकियो
. Drive लाई डबल क्लिक गर्दा New Window मा खोलिनु
कहिले काहिँ तपाईंले कुनै Drive लाई Double क्लिक गरेर खोल्न खोज्दा उक्त Drive त्यही window मा नखुलेर Automatically अर्कै Window मा खोलिन्छ हामीलाई थाहा यो अबस्य पनि राम्रो लक्षण होइन किन भने उक्त Drive normal mode मा same window मा खोलिनु पर्थ्यो यदी तपाईंले File मेनु को Tools मा गएर Folder Option लाई change गर्नु भएको भए अर्कै कुरा ..
किन Drive नयाँ window मा खोलिन्छ ? यहाँ अबस्य पनि Virus अथवा अरु कुनै समस्या आएर नै हो
यसलाई समाधान गर्ने तरिका
पहिलो उपाय : Start > Run > यहाँ regsvr32 /i shell32.dll टाईप गर्नुस्
ok गर्नुस्
तपाईंले यो message पाउनु हुन्छ
DllRegisterServer and DllInstall in shell32.dll succeeded
बस तपाईंको समस्या अब समाधान भयो
दोस्रो उपाय :
Start > Run > Regedit टाईप गर्नुस् ओके गर्नुस्
अब HKEY_CLASSES_ROOT/Directory/Shell मा जानुस्
Default key लाई double क्लिक गर्नुस् त्यहा none टाईप गर्नुस्
अब HKEY_CLASSES_ROOT/Drive/Shell मा जानुस्
Default key लाई double क्लिक गर्नुस् त्यहा none टाईप गर्नुस्
ok गर्नुस्
तेस्रो उपाय :
यदी तपाईं regedit option चलाऊन चाहनु हुन्न भने यो उपाय गर्न सक्नु हुन्छ
Start > Run > यो टाईप गर्नुस् reg add hkcr\drive\shell /ve /d none /f
ok गर्नुस्
आशा यि तीन उपाय तपाईंको लागि समाधान हुन सक्छ
. आफ्नो कम्प्युटरलाई Virus हरुबाट Autorun Disable गरेर जोगाउने तरिका
धेरै Virus हरु कम्प्युटरमा सर्ने कारण तपाईंको कम्प्युटरमा कुनै CD वा pendrive राख्ने बित्तिकै Autorun हुनाले हो यो Autoplay enable window को difault set भएर पनि हो
Autorun
लाई Disable गर्ने तरिका :
Start > Run > regedit टाईप गर्नुस् ओके
अब HKEY_CURRENT_USER\Software\ Microsoft\Windows\CurrentVersion\Policies\Explorer मा जानुस्
NoDriveAutorun मा double क्लिक गर्नुस् Hexadecimal मा Value "FF" वा Decimal मा Value 255 टाईप गर्नुस्
Note:
यदी त्यहाँ NoDriveAutorun भन्ने कि छैन भने दाँया तिर right क्लिक गरेर new dword value मा क्लिक गरेर NoDriveAutorun टाईप गरेर Enter गर्नुस्
Registry window लाई exit गर्नुस् कम्प्युटर लाई restart गर्नुस्
यो तरिका बाट तपाईंले Autorun लाई Disable गरेर Virus infected USB pendrive वा CD लाई Autorun हुन बाट रोक्न सक्नु हुन्छ autorun.inf virus लाई Run हुन बाट जोगाउन सक्नु हुन्छ
. "Show Desktop" Icon लाई कसरी Restore गर्ने ?
कहिले काहीँ गल्तीले तपाईंले "Show Desktop" Icon लाई shift+Delete गर्नु भयो यो सोचेर कि यो मात्र Shortcut हो तर वास्तवमा त्यो नै orginal icon रहेछ भने के गर्नु हुन्छ ?
ShowDesktop Icon
अरु Icon हरु भन्दा फरक हुन्छ सामान्यतया यो Icon लाई फेरी Restore गर्न सकिदैन यस्तो अवस्थामा तपाईंले यो तरिका अपनाउन सक्नु हुन्छ
Notepad लाई खोल्नुस् तल लेखिएको code लाई कपि गरेर paste गर्नुस्
[Shell]
Command=2
IconFile=explorer.exe,3
[Taskbar]
Command=ToggleDesktop
अब फाइलको नाम ShowDesktop.scf राखी यो location मा लगेर save गरिदिनुस् ..
C:\Document and Settings\Username\Application Data\Microsoft\Internet Explorer\Quick Launch
कम्प्युटरलाई restart गर्नुस्

Contributor:- Sameer Basnet 

0 comments:

Post a Comment

Thank's for your valuable comment